गण्डकी

सञ्चार माध्यमहरुको संरक्षण गर्ने दायित्व सरकारकोः मुख्यमन्त्री पोखरेल

इकागज |
जेठ २३, २०७९ सोमबार २०:२ बजे

फाइल फोटो

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार माध्यमहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चार माध्यमहरुको संरक्षण लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सरकारले नै गर्ने गरेको पनि स्पष्ट पार्नु भयो । सोमबार पोखरामा आयोजित विज्ञापन राष्ट्रिय नीति सम्बन्धि । 


प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएकाले सरकार त्यसको बचाउमा सदैव क्रियाशील हुने दावी समेत गरे । 

मुख्यमन्त्री पोखरेलले सञ्चार माध्यमहरुको टिकाउमा योगदान पुग्न सक्ने भएकै कारण गण्डकी प्रदेश सरकारले लोककल्याणकरी विज्ञापन दिन सुरु गरेको पनि उल्लेख गरे । सञ्चार माध्यमहरु आफै पनि व्यवसायिक बन्नुपर्ने उनले भनाई थियो । 

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले प्रदेशको विज्ञापनलाई व्यवस्थित बनाउन प्रदेशमा समेत नीति बनाउन लागेको जानकारी दिए । यसअघि यस खालको कार्यक्रम प्रदेश १ र लुम्बिनी प्रदेशमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले प्राप्त सुझावका आधारमा विज्ञापनको राष्ट्रिय नीति जारी गर्न लागेको बताए । 

कार्यक्रममा होर्डिङ बोर्ड  र त्यसको नियमन तथा अनुगमन, विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयवस्तु सम्बन्धमा, विज्ञापन आचारसंहिता, विज्ञापन बोर्डको काम, कर्तव्य र अधिकारबारे जानकारी दिइएको थियो । 

 


Author

थप समाचार
x