गण्डकी

सेती नदी माथिकाे पुल भास्सियाे

इकागज |
असार ५, २०७९ आइतबार १२:१९ बजे

पाेखरा । सेती नदीका आएकाे बाढीले पाेखरा १९ र २५ जाेड्ने माेटरेवल पुल भासिएकाे छ । गएराति देखि आएकाे बाढीले पुलकाे फाउण्डेसन वालमा क्षति पुगेकाे पाेखरा २५ का वडाध्यक्ष माेति तिमिल्सिनाले जानकारी दिए ।

पुल भासिएकाले पाेखरा २५ र १९ काे सडक सम्बन्ध छुटिएकाे उनले बताए । 'करिब ७ वर्ष पहिले बनेकाे पुलकाे फाउण्डेसनमा क्षति पुगेकाे छ,' उनले भने, 'पुल भासिएर तल झरेकाे छ, आवतजावत राेकिएकाे छ ।' पुल भत्किएमा पाेखरा बजार क्षेत्रकाे खानेपानीमा समस्या हुने भएकाले क्षति न्यूनीकरणकाे पहल भइरहेकाे पाेखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले जानकारी दिए ।



Author

थप समाचार
x