पाेखरा महानगरकाे बजेट प्रस्तुत नहुँदै एमालेकाे विराेध
![](https://ekagajcdn.prixacdn.net/media/albums/pkr1_kdCyFdDPH9.jpg)
पाेखरा। पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पाेखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियाे । दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै किताब च्यातेकी थिईन् ।
त्यस लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हल बाहिर निस्किएर नारा बाजि गरिरहेका छन् । यता पाेखराका मेयर धनराज आचार्यले राताे किताब नभई ड्राफ्ट भएकाे बताएका छन् । सरकारी प्रक्रिया पूरा गर्न ड्राफ्टमा कुनै शंका नगर्न उनले अाग्रह गरेका छन् । 'छलफल भएर बिषय र याेजना टुगिंन बाँकी नै छ,' उनले भने, 'पुरै सम्पन्न भएक छैन् कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु।' अहिले पाेखराकाे बजेट प्रस्तुत हुन सकिरहेकाे छैन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया