गण्डकी सरकारका दुई मन्त्रीले आज राजीनामा दिँदै
पोखरा : गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।
आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनकाअनुसार संसद बैठकपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने मन्त्रीद्वयको तयारी छ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया