गण्डकी

गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्‍द्र, राजीनामा बुझाएर फर्किए दुई मन्त्री

इकागज |
चैत २५, २०७७ बुधबार १३:१६ बजे

पोखरा : गण्डकी सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् । 

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले बताए । मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताएका थिए । 'सहकार्य गर्ने मन थियो । तर, माथिबाटै निर्णय आइसकेपछि बस्न सकेनौं,' राजीनामा पत्र बुझाउँदै उनले मुख्‍मन्‍त्रीसँग भने, केन्द्रकै आदेश मान्ने अवस्था आयो । आगामी दिनमा फेरि सँगै काम गर्ने वातावरण बनोस् ।'



Author

थप समाचार
x