वर्षा र गर्मीका कारण जिल्ला अस्पतालमा बिरामी बालबालिकाको संख्या बढ्दो
लमजुङ- जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी मध्ये पछिल्लो समय बढी मात्रामा झाडापखाला र ज्वरोको समस्या भएका बालबालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालबालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तथ्यांक छ । उनीहरुमा बढी मात्रामा झाडापखाला, ज्वरो, रुघाखोकी, रगतमासीको समस्या देखिएको छ ।
वर्षा हुँदा केही चिसो वर्षा नहुँदा अत्यधिक गर्मीका कारण र खानपानमा ध्यान नदिदा बालबालिकामा बढी मात्रा मौसमी स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाइ छ ।
यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरेर पिउन चिकित्सकको सुझाव छ ।
लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया