गण्डकी

पत्रकार महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्‍व

इकागज |
चैत २६, २०७७ बिहीबार १२:१६ बजे

पोखरा : नेपाल पत्रकार महासंघ, कास्कीमा पहिलो पटक महिला अध्यक्ष चुनिएकी छन् । बुधबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई हराउँदै बिमला भण्डारी अध्यक्ष बनेकी हुन् । लामिछानेले १२१ मत पाउँदा भण्डारीले १७४ मत पाइन् ।
 
भण्डारी कांग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र माधव नेपाल समूहको गठबन्धनबाट चुनाव लडेकी हुन् भने लामिछाने प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनबाट उठेका थिए । 

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना बिजयी भएका छन् । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो । जमुना केशवशरण प्यानलकी हुन् । सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।



Author

थप समाचार
x