गण्डकी

बाँझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी २ हजार

इकागज |
भदौ ७, २०७९ मंगलबार १९:२२ बजे

फाइल फोटो

बाग्लुङ - तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो ।

ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाँझिदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।


यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।


Author

थप समाचार
x