गण्डकी

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा

इकागज |
भदौ ८, २०७९ बुधबार २१:५० बजे

पोखरा - गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालू बर्खे अधिवेशन अन्त्य गरेसँगै कार्यकाल सकिएको हो । 

मंगलबार मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई आग्रह गरेको थियो । सोहीबमोजिम २०७४ माघ ४ गतेदेखि सुरु संसदको प्रदेश प्रमुख गुरुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । 


२०७४ मंसिर १० मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सांसदहरुको पहिलो अवधि पनि योसँगै पूरा भएको छ ।


Author

थप समाचार
x