गण्डकी

बालेनको बाटोमा पोखराका मेयर

इकागज |
भदौ १२, २०७९ आइतबार २२:१ बजे

पोखरा - पोखरा महानगरपालिकाले नक्साको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई भत्काउने संकेत गरेको छ । महानगरले आइतबार सूचना जारी गर्दै पार्किङ प्रयोजनका लागि नक्साको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई पार्किङकै प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरेको छ । 

महानगरले घर धनीहरुलाई ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न अन्यथा कानुन बमोजिम कारवाही गरिने जारी सूचनामा जनाएको छ । 


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नक्सा विपरीत बनेका संरचना भत्काउन थालेपछि यसको सिको गर्दै अन्य नगरपालिकाहरुले सूचना जारी गर्न थालेको छ । काठमाडौँमा बालेन शाहको डोजर काण्ड अहिले देशभर चर्चामा छ ।


 


Author

थप समाचार
x