गण्डकी

गण्डकीमा थपिए १६६ संक्रमित

इकागज |
कात्तिक २५, २०७७ मंगलबार २०:४० बजे

पोखरा : गण्डकी प्रदेशमा एक सय ६६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ ।

प्रदेशमा नौ हजार ५ सय २१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा चार हजार ९ सय ६५ जना निको भएका छन् भने सक्रिय संक्रमित चार हजार ४ सय ४४ जना छन् । 
 



Author

थप समाचार
x