सय दिनमा के–के गरे पोखराका मेयरले ?
फाइल तस्वीर
कास्की । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।
पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा आज पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको शुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए । प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको शुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेश गरेका छन् ।
निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गरिएको आचार्यले बताए । मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको बताए । उनले पोखरा महानगरपालिकामा अहिले फोहोरको समस्या रहेकोले समस्या समाधानका लागि काम भइरहेको पनि बताए ।
उनले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरण र पोखरा महागनरको (पचास÷पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ती जडान शुरु गरेको बताए । १०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पूँजी भएको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ ।
साविक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनासताल बसपार्कसम्कको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको बताएको छ । आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्यो भन्दा पहिले अन्यन्त्र फोहोर व्यवस्थापन हुने महानगरको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया