गण्डकी

एमालेद्वारा कास्कीबाट प्रतिनिधि सभाका लागि २८ जना सिफारिस

धनबहादुर गुरुङ |
भदौ २०, २०७९ सोमबार १७:३८ बजे

पोखरा- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरू गरेका छन् ।

कास्की एमालेले शनिबार प्रदेश सभा सदस्यमा निर्वाचनमा उठ्ने आकांक्षीहरूको नाम सिफारिस गरेकाे थियो ।


एमाले कास्कीले सोमबार जिल्लाका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधि सभा सदस्यका लागि आकांक्षीको नाम सिफारिस गरेको छ । पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीका अनुसार ३ निर्वाचन क्षेत्रका लागि २८ जनाले आकांक्षा देखाएका छन् । जसअनुसार कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५, क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट ९ जनको नाम क्षेत्रीय समन्वय कमिटीहरूबाट जिल्ला कमिटीमा सिफारिस गरिएको सचिव अधिकारीले जानकारी दिए ।

जसमा प्रतिनिधि सभा सदस्य एवं एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सिफारिस भएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी र क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सांसद जगत विश्वकर्माको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिंह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुंगाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शंकरनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ, लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस भएका छन् ।

क्षेत्र नं २ बाट सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सांसद विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।


Author

थप समाचार
x