गण्डकी

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

इकागज |
बैशाख २, २०७८ बिहीबार १३:५१ बजे

पोखराः नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दलका नेता हरिबहादुर चुमानले बिहीबार संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाएका छन् ।

आजै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले मुख्यमन्त्री अविश्वास प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।


अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ । जसमा कांग्रेसका १४, माओवादीका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् । अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने सहमति छ ।


Author

थप समाचार
x