Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

गण्डकी

एमाले कास्कीमा पूर्व गृहमन्त्री अधिकारी प्रदेश सभा उम्मेदवार

इकागज |
असोज २२, २०७९ शनिबार १०:८ बजे

फाइल तस्बिर

पोखरा- नेकपा एमाले कास्कीले पूर्व गृहमन्त्रीलाई प्रदेशमा उठाउने गरी तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको पूर्व गृहमन्त्री अधिकारी कास्की १ (क) बाट उम्मेदवार बन्ने भएका हुन् । 


एमाले कास्कीबाट प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई, ३ बाट दामोदर बैरागीलाई उम्मेदवार बनाउने भएको छ ।

यस्तै प्रदेश १ (क) मा अधिकारी, १ (ख) मा श्यामबहादुर गुरुङ उठ्ने भएका हुन् । 

प्रदेश २(क) मा भीम कार्की, २ (ख)बाट मिना गुरुङ, ३ (क) बाट गणेशमान गुरुङ, ३ (ख) बाट राजिव पहारी उठ्ने भएका हुन् ।

कास्की एमालेमा उल्लेखित नामहरू नै पक्कापक्की जस्तै भएकाले नामावली दर्तासम्म हेरफेर हुन सक्ने सम्‍भावना कम रहेको एक नेताले बताए ।


Author

थप समाचार
x