पोखरामा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु
पोखरा : पोखरामा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाअनुसार पोखरामा उपचाररत २ संक्रमितको बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ की ५४ वर्षीया संक्रमित महिला छन् । उनी चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् । ५ वैशाखमा संक्रमण पुष्टि भएकी उनमा कोभिड-१९ सँगै श्वासप्रश्वासको समस्या, थाइराइडलगायतका रोग थियो ।
यस्तै पोखरा ३३ का ८५ वर्षीय पुरुष संक्रमितको बुधबार संक्रामक तथा सरुवा रोग अस्पतालमा निधन भएको छ । वैशाख ५ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, युरोसेप्सिस लगायत रोगको समस्या थियो । गण्डकी प्रदेशमा हालसम्म २११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया