Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

गण्डकी

पोखरामा १६ देशका भूगर्भविद्हरू भेला

इकागज |
कात्तिक १६, २०७९ बुधबार २०:४४ बजे

पोखरा- पोखरामा भूगर्भविद्हरूको ३५ औं अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल भौगर्भिक समाजको आयोजनामा सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन् ।

हिमालय काराकोरम टिबेट वर्कशप नाम दिइएको सम्मेलन कात्तिक १९ गतेसम्म चल्नेछ । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले हिमालय क्षेत्र काखमा सम्मेलन आयोजना गरिनुले धेरै अर्थ राख्ने बताए । गण्डकीमा सम्मेलन आयोजना गर्दा प्रयोगात्मक रूपमा धेरै फाइदा हुने उनको भनाइ थियो । सम्मेलनले निकालेको निष्कर्ष र सुझावका आधारमा प्रदेशले आयोजकसँग सहकार्य गर्दै जाने उनले प्रतिबद्धता जनाए ।


यस्तो सम्मेलन नेपालमा भएको यो तेस्रोपटक हो । यसभन्दा अघि काठमाडौँमा दुईपटक अन्तर्राष्ट्रिय सम्मेलन भइसकेको छ । पोखरामा भएको तेस्रो सम्मेलनमा भुटान, पाकिस्तान, वर्मालगायतका हिमालयनमा पर्ने १६ देशका दुई सय ५० भन्दा बढी भूगर्भविद्हरू सहभागी रहेको कन्भेनर डा. कविराज पौड्यालले जानकारी दिए । उनीहरूले १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष बहसमूलक कार्यक्रम गर्नेछन् ।

कार्यक्रमका अवसरमा मुस्ताङको कागवेनीसम्म स्थलगत अवलोकन गरिने गण्डकी प्रदेश संयोजक नवराज न्यौपानेले बताए । पृथ्वीलाई सन्तुलिन बनाइराख्नका लागि भूगर्भविद्, इन्जिनियर र वातावरण विज्ञको सामूहिक भेला यो पटक पोखरामा आयोजना गरिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x