मनाङमा ६५ प्रतिशत मत खस्यो
लमजुङ- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो ।
कूल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कूल छ हजार सात सय ७९ मतदाता छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया