गण्डकी

गण्डकी प्रदेश सभा: मनाङेले छोडे मुख्‍मन्‍त्रीको साथ, छुट्टै स्थान माग गर्दै निवेदन

इकागज |
बैशाख १३, २०७८ सोमबार १८:३५ बजे

पोखरा : मनाङबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र उमेद्वार बनेर जितेका दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा एमालेको साथ छाडेका छन् । एमालेकै समर्थनमा मनाङमाबाट विजयी भएकाले प्रदेश सभामा पनि एमालेकै सांसदका रूपमा रहेका थिए ।

सोमबार पनि प्रदेश सभामा उनी सत्तारुढ दल बस्ने रोमै बसेका थिए । सोमबारदेखि सुरु विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । सांसद मनाङे सो प्रस्तावको विपक्षमा उभिने आँकलन सत्ता पक्षको थियो ।


तर उनी संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसद्‍मा छुट्टै बस्ने सिटको माग गरेका छन् । संसद् सचिव हरिराज पोखरेलका अनुसार उनले छुट्टै स्थान माग गर्दै निवेदन दिएका छन् ।


Author

थप समाचार
x