गण्डकी प्रदेशमा २ जना कोभिड-१९ संक्रमितको मृत्यु
फाइल तस्बिर
पोखरा : गण्डकी प्रदेशमा २ जना कोभिड-१९ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकाअनुसार तनहुँ र गोरखाका १/१ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुष संक्रमित छन् ।
वैशाख ८ गते संक्रमण देखिएका उनको मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनमा निमोनियासँगै मुटुको समस्या थियो । गोरखाको पालुङटार नगरपालिका–५ का ६७ वर्षीया महिलाको उपचारका क्रममा आज ज्यान गएको हो । उनमा सोमबार कोभिड पुष्टि भएको थियो ।
गण्डकीमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २१७ पुगेको छ । मंगलबार प्रदेशमा ११३ संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका मात्रै ९७ जना छन् । बागलुङमा ४, नवलपुर, तनहुँमा ३/३, स्याङ्जा, पर्वतमा २/२ संक्रमित थपिँदा म्याग्दी र लमजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ५१ पुगेको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया