गण्डकी

गण्डकी प्रदेश सभाः कार्यव्यवस्था समितिको बैठक बोलाएर सभामुख सम्पर्कविहीन

इकागज |
बैशाख १५, २०७८ बुधबार १८:१८ बजे

पोखरा : राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सभाको आजको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै निवेदन दिएपछि बैठक स्थगित भएको हो । जनमोर्चाकी सांसद पियारी थापाले दिएको निवेदनका आधारमा बैठक अनिश्चितकालका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

संसद स्थगित भएपछि सभामुख नेत्रनाथ अधिकारी आफैं सम्पर्कविहीन भएका छन् । बैठक स्थगित गरेपछि राखिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख नै आएका छैनन् । एक एमाले सांसदअनुसार उनी बैठक राखे पनि आफैं गायब छन् । ‘बैठक स्थगित गरेर सभामुख नै गायब हुनुभएको छ,’ती सांसदले भने । अहिले कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । कार्यव्यवस्थाको बैठक राखे पनि सभामुख आफैँ सम्पर्कविहिन भएका छन् ।



Author

थप समाचार
x