गण्डकी

गण्डकीमा अविश्वासको प्रस्ताव : रिसोर्टमा बसेका सांसद घर फर्किए

इकागज |
बैशाख १६, २०७८ बिहीबार १८:१६ बजे

पोखरा : रिसोर्टमा बसेका सांसद आफ्नै घर फर्किएका छन् । अविश्वास प्रस्तावमा मतदान गर्ने बेला सत्ताले प्रलोभनमा पार्न सक्ने आँकलन साथ माओवादी र कांग्रेसका सांसदलाई कुटि रिसोर्टमा राखिएको थियो ।

सांसदहरूले बिहीबार बिहान रिसोर्ट छाडेको माओवादीका एक सांसदले बताए । बैशाख २ गते संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा बुधबार मतदान हुने कार्यसुची थियो । तर, आफ्ना सांसद खिलविक्रम शाही सम्पर्कविहीन रहेको र अवस्था सार्वजनिक नहुँदासम्म संसद् स्थगित गर्न जनमोर्चाले माग गरेको थियो । मागबमोजिम संसद अनिश्चितकालका लागि स्थगित भएको छ ।



Author

थप समाचार
x