पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु
पोखरा- पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया