गण्डकी

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मुख्यमन्त्री अधिकारी

इकागज |
पुस २६, २०७९ मंगलबार १७:३८ बजे

गण्डकी- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गरे ।


'अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौँ, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ,' मुख्यमन्त्री अधिकारीले भने, 'जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन गर्यौँ, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।'

सामाजिक उत्थानका रूपान्तरणकारी परियोजना सञ्चालन गरेर गण्डकी प्रदेशलाई समुन्नत बनाउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासलाई आफूले प्राथमिकता राख्ने बताए ।

उनले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रूपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।


Author

थप समाचार
x