गण्डकी

सेनाका गजेन्द्र राई गोरखाका नयाँ 'राजा'

इकागज |
पुस २७, २०७९ बुधबार ११:८ बजे

पोखरा- पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् । 


उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । उनलाई झाँकी र र्‍याली सहित नगर परिक्रमा गरिनेछ ।

दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए । 

सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वाना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए । दौडमा १६ जना सहभागी थिए । 

म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगद सहित पुरस्कृत गरिनेछ । दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । 


Author

थप समाचार
x