गण्डकी

बागलुङमा सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार ९:५४ बजे

बागलुङ : कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो । 

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिए । रासस



Author

थप समाचार
x