संसद् विघटनपछि राजीनामा लिएर गएको थिएँ, प्रचण्डले फर्काइदिए: शेरचन
पोखरा : गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले पदबाट अपदस्थ भएपछि जेलमुक्त भएको टिप्पणी गरेका छन् । आफूलाई प्रदेश प्रमुखको पदमा बाध्यकारी नियुक्ति दिइएको भन्दै पदबाट निस्कनुलाई जेलमुक्त भएको संज्ञा दिएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गरिदिएकोमा आभारी रहेको सुनाए । ‘आज अत्यन्त खुसी छु, मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यू, अस्विकार गरेको पद थियो,’ शेरचनले भने ।
आफू पदमुक्त हुने सुइँको पनि नपाएको र एकासी मिडियाबाट जानकारी पाएको उनले सुनाए । आफूले पदमा बस्दा कुनै असंवैधानिक काम नगरेको उनको दाबी थियो । शेरचनले आफू पदलोलुप मान्छे नभएको र आफैंले राजीनामा गर्न चाहेको उनले सुनाए । ‘म आफैं राजीनामा गर्न चाहन्थे, ओलीले संसद् विघटन गरेपछि राजीनामा लिएर गएको थिएँ, प्रचण्डले फर्काइदिए,’ उनले भने ।
आफूले राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्विकार गरेको उनको दाबी थियो । ‘रामवरण पछि मलाई राष्ट्रपति हुन भनिएको थियो, ज्ञानेन्द्रको पालामा प्रधानमन्त्री बन्ने प्रस्ताव आए पनि अस्विकार गरेको थिएँ,’ शेरचनले भने । प्रधानमन्त्री ओलीले सोमबार अमिक शेरचनलाई पदमुक्त गरेर सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
यो पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया