गण्डकी

पोखरा म्याराथनको उपाधि लगातार दोस्रो पटक केन्याका स्टेफेनलाई

इकागज |
फागुन ६, २०७९ शनिबार १०:४५ बजे

पोखरा- पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले लगातार दोस्रो पटक जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गरेका थिए ।

उनले अघिल्लो पटक सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।


दोस्रो स्थानमा पनि केन्याका धावक जुलियस ओहोमे आएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा  मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
शनिबार नै भएको महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी वृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।

पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय सिमोनले ३ लाख र तृतीय माेहनले २ लाख रुपैयाँ पाएका छन् । यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।


Author

थप समाचार
x