गण्डकी

मुख्यमन्त्री गुरुङको आरटी रिपोर्ट पोजेटिभ

इकागज |
बैशाख २२, २०७८ बुधवार ९:४९ बजे

फाइल तस्बिर

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरटी रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरटी रिपोर्ट देखिएपछि मंगलबार पिसिआर टेस्टसमेत गराएका छन् । सामान्य टाउको दुखाइपछि उनले आरटी टेस्ट गराएका थिए । 

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् ।  न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । दिनको १५ घन्टा मुख्यमन्त्री गुरुङ र न्यौपानेसँगै रहन्थे । भेटघाटदेखि बसाइँससँगै हुन्थ्यो । मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । ‘मुख्यमन्त्रीज्यूको आरटी आयो, म पनि आइसोलेसन छु, सँगै काम गर्दा संक्रमण सरेको जस्तो छ,’ न्यौपानेले भने ।


मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि थिए । उनले कोरोना बढिरहेको भन्दै जेठको पहिलो सातामात्र कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने बताएका थिए । गण्डकी प्रदेशको संसद १५ वैशाखबाट बस्‍न सकेको छैन । विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेपछि सदन स्थगित छ ।


Author

थप समाचार
x