गण्डकी

गण्डकीमा थप ४ संक्रमितको मृत्यु

इकागज |
बैशाख २४, २०७८ शुक्रबार ११:५८ बजे

फाइल तस्‍बिर

पोखरा : गण्डकीमा थप ४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पर्वतका २, कास्की र तनहुँका १÷१ संक्रमितको मृत्यु भएको हो । पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो । 

उनमा २३ वैशाखमा संक्रमण पुष्टि भएको थियो । पर्वतकै कुष्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष संक्रमितको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा १३ वैशाखमा कोरोना देखिएको थियो । 


तनुहँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला संक्रमितको बिहीबार बेलुका निधन भएको हो । उनमा हिजो नै कोरोना देखिएको जनाइएको छ । २२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।


Author

थप समाचार
x