शव ओसार्ने वाहन नभएपछि समस्या
गलकोट : धवलागिरी अस्पतालमा बिहीबार मात्रै दुई सङ्क्रमितले ज्यान गुमाए । संक्रमितको शवलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालीगण्डकी किनारामा पुर्याइयो र अन्त्यष्टि गरियो गरियो ।
शववाहन नहुँदा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता रहेको छ । एम्बुलेन्समा शव र बिरामी बोक्न नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । अहिले सङ्क्रमित बोक्ने एम्बुलेन्सकै अभाव भइरहेको सन्दर्भमा शव व्यवस्थापनमा शववाहनकै खाँचो देखिएको छ । एम्बुलेन्ससमेत पर्याप्त नभएको बागलुङमा हालसम्म शववाहन छैन । जिल्लामा कोभिड सङ्क्रमणको दर बढ्दै गएको छ । उपचारतपछि सङ्क्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शववाहन आवश्यक भए पनि एम्बुलेन्समा लैजाने गरिएको छ ।
शव व्यवस्थापनमा नेपाली सेना सक्रिय रहे पनि सेनासँग शववाहन नहुँदा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था छ । एम्बुलेन्समा नै शव राखेर अन्तिम दाहसंस्कारका लागि लैजाने गर्दा सामान्य बिरामीले एम्बुलेन्स उपयोग गर्न पाउने छैनन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार शव व्यवस्थापनका लागि जिल्लामा एउटा शववाहन अनिवार्य भएको बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया