गण्डकी

वैशाख ९ गते गण्डकीमा विशेष अधिवेशन बोलाउने निर्णय

इकागज |
चैत ३०, २०७९ बिहीबार २१:५० बजे

पोखरा- खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारले वैशाख ९ गते विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रले साथ छोडेसँगै अल्पमतमा परेको अधिकारी सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले विशेष अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


९ गतेको विशेष अधिवेशनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव लैजान्छन् वा सम्वोधन गरेर राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ । माओवादी र राप्रपाको समर्थन लिएर सरकार बनाएका खगराजले पुस २५ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

केन्द्रको सत्ता समीकरणले गण्डकीमा चैत १० गते नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएको घोषणा गरेको थियो ।


Author

थप समाचार
x