गण्डकी

गण्डकीमा थप १३ संक्रमितको मृत्यु, ६५३ संक्रमित थपिए

इकागज |
बैशाख २७, २०७८ सोमबार १७:३७ बजे

पोखरा : गण्डकी प्रदेशमा सोमबार ६५३ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा कुल ६५३ संक्रमित थपिएका हुन् । थपिनेमा नवलपुरमा ८६, म्याग्दीमा ६३, बागलुङमा ५८, पर्वतमा ५०, लमजुङमा ३७ संक्रमित छन् । तनहुँ र गोरखामा २२/२२, स्याङ्जामा १५ र मुस्ताङ, मनाङमा १/१ जनामा संक्रमण देखिएको छ । 

यससँगै प्रदेशमा कोभिड संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । प्रदेशमा ५ हजार ५३३ सक्रिय संक्रमित छन् । सोमबार प्रदेशमा १३ संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका ४, पर्वतका ३, म्याग्दी, कास्कीका २/२,  तनहुँ, रुपन्देहीका १/१ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।



Author

थप समाचार
x