गण्डकी

तनहुँवासीको भरोसालाई डगमग हुन दिदिँन : नवनिर्वाचित सांसद वाग्‍ले

इकागज |
बैशाख १२, २०८० मंगलबार १०:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आफूप्रति जनताको भरोसालाई कुनै पनि डगमग हुन नदिने बताएका छन् । निर्वाचित भएपछि सामाजिक सञ्‍जालमार्फत धन्यवाद यात्राको समय सार्वजनिक गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

'यहाँहरूले म प्रति प्रकट गर्नुभएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु' वाग्‍लेले भनेका छन् ।


जनताले दिएको मत आफूलाई भन्दा पनि समग्र मुलुकको मुहार फेर्नका लागि दिएको उनले बताए ।

'यी मतहरू तपाईंहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु' वाग्‍लेले भने 'देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जित/हारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्‍न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।'

वाग्‍लेको भनाइ जस्ताको त्यस्तै
तनहुँ क्षेत्र नम्बर १, वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
सर्वप्रथम लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण शहीदहरू प्रति सम्मान व्यक्त गर्दछु । जसको कारण यस किसिमको उच्चतम लोकतान्त्रिक अभ्यासको प्रयोग गर्न पाएका छौँ ।

तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण न्यायप्रेमी, विकासप्रेमी, विवेकशील मतदाता, आमाबुबा, दाजुभाई, दिदिबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद । सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टीप्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु ।

यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद । विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जसले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद  ।

यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

यी मतहरू तपाईंहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु । देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।

चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि यहाँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रिया मार्फत योजनाहरू अघि बढाउने छु । राष्ट्रिय स्वतन्त्र पार्टी

तनहुँ क्षेत्र नं. १ निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेको बैशाख १२ गतेको तालिका: 
८:०० बजे  निर्वाचित भएको प्रमाणपत्र ग्रहण, मतगणना स्थल, दमौली
८:१५ देखि १० बजे धन्यबाद यात्रा, अनसन चौतारी, दमौलीबाट बजार परिक्रमा
१० देखि ११ बजे दमौलीबाट बन्दिपुर यात्रा
११देखि ११:३० बजे बन्दिपुरमा धन्यवाद यात्रा
११:३० देखि ११:५० बजे बन्दिपुरबाट डुम्रे यात्रा
११:५०देखि१२:४५ बजे डुम्रेमा धन्यवाद यात्रा
१:४५देखि २:३० बजे नारेश्वरटार धन्यवाद यात्रा
२:३० देखि ३:३० बजे आँबुखैरेनी यात्रा
३:३०देखि ४:३० बजे आँबुखैरेनी धन्यवाद यात्रा
४:३० देखि ५:१५ बजे देवघाट जाने
५:१५देखि ६:०० बजे देवघाट धन्यवाद यात्रा
६:०० बजे आआफ्नो स्थान फर्कने
 खादामालाको कम प्रयोग गर्न सबैलाई अनुरोध छ ।

र, यो पनि


Author

थप समाचार
x