गण्डकी

गण्डकीकाे सरकार गठनका लागि आह्वान

इकागज |
बैशाख १२, २०८० मंगलबार १३:१ बजे

पाेखरा। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।


प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं वेटिङ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित कांग्रेसका सबैजसो सांसद काठमाडौं भएकाले आजै सरकार गठनको सम्भावना भने देखिएको छैन । बुधबारसम्म गण्डकीमा सरकार बनिसक्ने अनुमान गरिएको छ ।


Author

थप समाचार
x