जनमोर्चाका सांसद थापाद्वारा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकार
पोखरा: राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । थापाले पृथ्वीसुब्बा गुरुङनै मुख्यमन्त्री रहनुपर्ने अडान लिँदै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । माओवादी सांसद आशा कोइरालाकाअनुसारथापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन।
सोमबार पार्टी सचेतक पियारी थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न ह्विप जारी गरेकी थिइन् । जनमोर्चाका अर्का सांसद खिमविक्रम शाही भने नयाँ सरकारलाई साथ दिन तयार रहेको उनी बताउँछिन् । शाही केही बेरमा काँग्रेस संसदीय दलको कार्यालयमा आएर हस्ताक्षर गर्ने उनको दाबी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया