गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, राप्रपा तटस्थ

इकागज |
बैशाख २१, २०८० बिहीबार १६:५८ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ पत परेको थियो भने २ मत तटस्थमा थियो ।


मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रको ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदले विश्वासको मत दिएका थिए ।

६० सदस्य रहेको प्रदेश सभामा २२ सिटको एमालेले विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना सांसदले तटस्थमा मतदान गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


Author

थप समाचार
x