गण्डकी

गण्डकीमा कांग्रेस प्रमुख सचेतकमा न्यौपाने

इकागज |
बैशाख २४, २०८० आइतबार ११:३९ बजे

पोखरा- गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने नियुक्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाका न्यौपानेलाई आइतबार नियुक्त गरेका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन् । उनी पार्टी गोरखा जिल्ला सभापतिसमेत हुन् । 


आज भोलिमा मन्त्रिमण्डल विस्तारको तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले सचेतक र अरु पदाधिकारीको टुंगो भने लगाएका छैनन् । प्रमुख सचेतकलाई गाडी र आवास सुविधा हुन्छ ।


Author

थप समाचार
x