पूर्णपाठ
गण्डकीको बजेट ३३ अर्ब ४२ करोड
पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा उनले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।
चालु आर्थिक वर्ष भन्दा बजेट करिब २ अर्ब रुपैयाँ घटेर आएको हो । अर्थमन्त्री आलेका अनुसार चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख रुपैयाँ बजेट ल्याइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया