गण्डकी

आइसीयू अभावमा संक्रमित वृद्धको मृत्यु

इकागज |
जेठ ४, २०७८ मंगलबार ९:१४ बजे

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ८१ वर्षीय कोभिड सङ्क्रमित वृद्धको सोमबार मृत्यु भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो । 

स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको मृत्यु भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ । 


अस्पतालका कार्यकारी प्रमुख डा श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताए । रासस 


Author

थप समाचार
x