गण्डकी

कास्कीको अन्नपूर्णको बजेट ५८ करोड ६५ लाख

इकागज |
असार १०, २०८० आइतबार २०:३२ बजे

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ६५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आइतबार १४ औं गाउँ सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँको बजेट छुट्याएकी छिन् । चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको अन्नपूर्णले आगामी वर्षका लागि १० करोड रुपैयाँ कम बजेट ल्याएको हो ।


भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा रखिएको अन्नपूर्णको बजेटको धेरै रकम सडक निर्माणमै छुट्याएको छ ।


Author

थप समाचार
x