गण्डकी

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडकाे बजेट (पूर्णपाठ)

इकागज |
असार १०, २०८० आइतबार २१:१४ बजे

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यो बजेट चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट हो । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । 


पोखराले बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ छ । प्रदेश राजश्व बाँडफाँट ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य लिएकाे छ । 

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ ।

चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् । पाेखरा महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधारतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेकाे छ ।

पाेखरा महानगरकाे बजेटकाे पूर्णपाठ:


Author

थप समाचार
x