गण्डकी

गण्डकी प्रदेश सभाको लोगो फेरियो

इकागज |
असार २०, २०८० बुधबार २१:१ बजे

पोखरा - गण्डकी प्रदेशसभाको लोगो फेरिने भएको छ । सोमबार प्रदेश सभाको बैठकमा पेस भएको गण्डकी प्रदेशसभा नियमावली २०८० को मस्यौदाको अनुसूचीमा परिवर्तित लोगो प्रस्ताव गरिएको छ ।

पहिलेको लोगोमा भएका केही संकेत हटाएर नयाँ लोगो तयार पारिएको छ । पहिलाको लोगोमा धेरै विषयवस्तु समेटिएकामा अहिले सामान्य बनाएको छ । रंग पनि फेरिएको छ । पहिलाको लोगोमा राखिएको डाँफे, गैंडा, मृग, लालीगुराँस र नदीको संकेत हटाइएको छ । 


नयाँ लोगो प्रस्तावका लागि नियमावली मस्यौदा समिति सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको थियो । पहिला बनाएको लोगोमा धेरै विषयवस्तु समेटिएकाले सांसदको हो कि सामाजिक संस्थाको भन्ने छुट्याउन समेत गाह्रो भएकाले नयाँ प्रस्ताव गरिएको संयोजक पौडेलले बताए । 

असार २२ गते संसदबाट नियमावली पारित भएपछि लोगो बनाउने प्रक्रिया सुुरु हुने छ । अहिले प्रदेश सभा सदस्यले लगाएको लोगोलाई ६ हजार ७ सय ५० रुपैयाँ पर्छ । पहेंलो रंग प्रस्ताव गरिएको नयाँ लोगोमा सुन प्रयोग गरिएमा अहिलेको भन्दा महंगो पर्छ । अहिलेको लोगो चीनमा बनाएर ल्याइएको प्रदेश सभाले जनाएको छ ।


Author

थप समाचार
x