उठ्न थाल्यो पोखराको फोहोर, फाल्ने ठाउँको टुंगो छैन

तस्बिर : दुर्गा प्रसाद पौडेल
पोखरा- गत बुधबारदेखि पोखराको सडकमा फालिएका फोहोर उठ्न थालेको छ । आइतबार बिहानैदेखि पानीले सडकमा छरपस्ट बनाएको फोहोर महानगरपालिकाको गाडीले उठाउन सुरु गरेको हो ।
पोखरा महानगरले शनिबार विज्ञप्ती जारी गरी आईतबारदेखि फोहोर उठाउने भनेको थियो । सोही अनुसार सडक, चोक गल्लीमा फालिएका फोहोर महानगरले उठाएको पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिना जानकारी दिए । तर, फोहोर उठाएपनि फाल्ने ठाउँको अझै टुंगो लागेको छैन् ।
कहाँ फाल्ने भन्ने टुंगो नलाग्दासम्म फोहोर गाडीमै राखिने महानगरपालिकाले जनाएको छ । प्रवक्ता तिमिल्सिनाले फोहोर फाल्ने विकल्पका लागि छलफल भइरहेको बताए । ‘ल्याण्डफिल साइडका स्थानीयसँग कुरा भइररहेको छ ।
तत्काललाई सडकमा पानीले तितरबितर बनाएका र पोको पारेर फालिएको फोहोर उठाएर गाडीमै राखेका छौं,’ उनले भने, ‘वार्ता भइरहेकाले स्थानीयलाई पनि वार्ता नमिल्दासम्मका लागि आफ्नो घरको फोहोर व्यवस्थापनमा संयम हुन आग्रह छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया