गण्डकी

पत्रकार शुद्धीकरणमा उच्च अदालत पोखराको कारण देखाऊ आदेश

इकागज |
साउन १७, २०८० बुधबार १९:३८ बजे

पोखरा।  उच्च अदालत पोखराले पत्रकार महासंघलाई कारण देखाऊ आदेश जारी गरेको छ । पत्रकार शुद्धीकरणको निर्णयको सम्बन्धमा अदालतले आदेश जारी गरेको हो । 

बुधबार न्यायाधीश उज्ज्वल शुक्लाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । उच्चले नेपाल पत्रकार महासंघ कास्की र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलाई आदेश छ । जसमा साउन २२ गते अन्तरिम आदेश जारी हुने वा नहुनेबारे दुवै पक्षलाई छलफलका लागि पेसी तोकिएको छ ।


‘महासंघको नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड–२०८०’ सन्दर्भमा जिल्ला र प्रदेशले गरेको निर्णय खारेजको माग गर्दै महासंघ सदस्य समेत रहेकी अधिवक्ता ईश्वरी पौडेलले मंगलबार उत्प्रेषण परमादेशसमेतको रिट दायर गरेकी थिइन् ।


Author

थप समाचार
x