एमाले गण्डकी : नेतृत्वका चयनका लागि ११.५५ बजेदेखि मतदान हुने
पोखरा। नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि बिहीबार दिउँसो मतदान हुने भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए ।
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।
उपाध्यक्षमा मीनप्रसाद गुरुङ र बाबुरामराम विक चुनावी मैदानमा छन् भने धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङ उम्मेद्वार छन् ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया