गण्डकी

पर्वतमा मृत चितुवा फेला

इकागज |
जेठ १९, २०७८ बुधबार ८:५१ बजे

पर्वत : पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला-५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले मर्‍यो भन्‍ने खुलेको छैन ।
 
मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । रासस



Author

थप समाचार
x