गण्डकी

निषेधाज्ञामा बिकेनन् हाँस, किसानलाई दाना खुवाउन धौधौ

इकागज |
जेठ २४, २०७८ सोमबार १३:४६ बजे

तनहुँ : व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पाल्नु भएको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको  छ । दोस्रो भेरियन्टसहितको कोभिड-१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । 

किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाल्नुभएको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस पाल्नु भएको छ । करीव रु.चौध करोडको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो । झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ । 



Author

थप समाचार
x