गण्डकीमा विज्ञान सम्मेलन आयोजना गरिने
फाइल तस्बिर
पोखरा: गण्डकीका युवायुवतीलाई विज्ञानसँग जोड्न विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशमा विज्ञान सम्मेलन आयोजना गरिने बताइन् ।
प्रदेशमा खेलकुद विकासका लागि एक पालिका एक खेल मैदान कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ । खेलकुद विकासका लागि विपि खेल ग्राम गैंडाकोटमा निर्माण गर्ने नीति लिइएको पौडेलले बताइन् । जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
म्याग्दी, तनहुँका गुठी जग्गामा रहेका समस्या समाधान गरिने प्रदेश सरकारको योजना छ । लर्न एण्ड डु कार्यक्रमलाई प्रभावकारी बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । मत्स्य स्रोत केन्द्र र मत्स्य ह्याचरी स्थापना गरिने जनाइएको छ । गरिब घरपरिवार पहिचान गरि गरिबी न्यूनीकरण कार्यक्रम प्रभावकारी ढंगले चलाइने कार्यक्रम प्रदेश सरकारको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया