गण्डकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, दुई जना बने मन्त्री

इकागज |
जेठ १६, २०८१ बुधबार १८:२१ बजे

पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।


मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद्  गठन गरेका छन् । पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन् ।

थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 


Author

थप समाचार
x